आयोजकको सेक्स प्रस्ताव मोडलले स्विकार नगर्दा…

काठमाडौं, माघ ८ । आगामी फेब्रुअरी १६ देखि १८ गतेसम्म मलेसियाका तीन ठाउँमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । ‘युनिक धमाका ७’ नाम दिएर हुन गईरहेको सो कार्यक्रममा नेपालबाट विभिन्न विधाका कलाकार सहभागि हुनेछन् र तीनै कलाकार मध्ये एक हुन् मोडल प्रमिला न्यौपाने । तर, प्रमिलालाई कार्यक्रममा सहभागि हुन आयोजक मध्येका एकजनाले यस्तो प्रस्ताव राखे जो उनले स्विकार गर्न सकिनन् र रातारात उनको नाम पोष्टरबाट हटाइयो ।

सो कार्यक्रममा आयोजकबाट सेक्स ह्यारेस्मेण्ट भएको कुरा मोडल न्यौपानेले आफ्नो फेसबुक मार्फत खुलासा गरेकी छिन् । कार्यक्रममा लाग्दा तथा मैले सपोर्ट गर्दा मलाइ के फाईदा हुन्छ भनि कार्यक्रम आयोजकले भन्दै सेक्स पर्पोज गरेको कुरा उनले ‘युनिक धमाका ७’ का आयोजकको नामनै किटान गरेर बताएकी छिन ।

 

आयोजकले आफुसंग कार्यक्रमको बारेमा कुरा गरेर पोस्टर समेत प्रकाशन गरेको तर आयोजक मध्ये दुई जनाले सेक्सको लागि प्रस्ताब राखे पछि मोडल प्रमिला न्यौपानेले उक्त प्रस्ताब अस्विकार गरे पछि कार्यक्रम आयोजकले आफ्नो फोटो पोस्टरबाट हटाएर अर्को नै मोडलको फोटोलाई पोस्टरमा राखेको कारणले गर्दा बाध्य भएर तथा आयोजकहरुको कलाकारहरुलाई हेर्ने कुदृष्टि, अन्याय तथा अत्याचार बिरुद्ध आफुले आवाज उठाउनु परेको बताउछिन् ।

पीडित मोडल प्रमिला भन्छिन् जब उनले आफ्नो फेसबुक मार्फत उक्त कुराको पर्दाफास गरिन तत्पश्चात आयोजकहरुले धम्की समेत दिन थालेको दुःखेसो उनी पोख्छिन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *