ललिता निवास जग्गा प्रकरण : संलग्नहरुको सम्पत्ति छानबिनमा विभाग

फोटो श्रोतः अनलाईन खबर  

माघ २३, काठमाडौं । सम्पत्ति शुद्धीकरकण विभागले बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकणमा मुछिएका व्यक्तिहरुमाथि अनुसन्धा सुरु गरेको छ ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उक्त प्रकारणमा संलग्न १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको भोलिपल्टै विभागले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न उच्च राजनीतिक, प्रशासनिक व्यक्ति तथा व्यापारिक घरानामाथि अनुसन्धान थालेको हो ।   

विभागमा महानिर्देशक रूपनारायण भट्टराईले ‘पोलिटिकल्ली एक्सपोज’ भएकाहरूमाथि अधिकृत तोकेर अनुसन्धान थालिएको जानकारी दिए । विभागले यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानामा सम्पत्ति छानबिन गर्न सुरु गरेको हो । 

विभागले यसअघिदेखि नै पूर्वासचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्पत्ति छानविन गरिरहेको थियो । 

बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि मुद्दामा मुछिएका छन् । सरकारी जग्गा व्यक्तिका नाममा लैजान मुख्य भूमिका खेल्ने व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

अख्तियारले ललितानिवासको जग्गा प्रकारणको मात्रै छानबिन गरेर उनीहरूविरुद्ध मुद्दा दर्ता गरे पनि विभागले भने उनीहरूको सबै सम्पत्ति खोजेर स्रोत नखुल्ने सम्पत्ति जफत गर्ने गरी मुद्दा चलाउने जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *