“ EYEPLEX MALL” संचालनको तयारीमा

बैशाख २७, काडमाण्डौँ । नयाँ बानेश्वर, काठमाण्डौमा मलहरुको तुलनामा अझ थप सुविधा तथा पूर्वाधार सहित “ EYEPLEX MALL” नामक अत्याधुनिक मल अबको १ महिना भित्र संचालनमा आउने भएको छ । 

 

५० भन्दा बढि बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको “फुडकोर्ट” युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने “ईभेन्टजोन”, कफि बार सहितको “ EYEPLEX MALL” नामक अत्याधुनिक मल संचालनमा ल्याउन लागिएको यस मलका प्रमुख कार्यकारी अधिकृत गणेश ढुंगानाले जानकारी दिएका छन् । 

null

बिशेष गरि काठमाण्डौवासीहरुको रहन सहनमा आउन थालेको आधुनिक परिवर्तनका कारण सहज किनमेल गर्न सकिने यस्ता ब्यापारिक मलहरु संचालनको क्रम दिन प्रतिदिन बढदो छ । मनोरन्जन, खाना देखि देैनिक आवश्यकताका सामाग्री सजिलै किनमेल गर्न सकिने भएकाले जति मलहरु बृद्धि हुँदै जान्छन उतिनै सर्वसाधारण उपभोक्ताहरु यसबाट लाभान्वित हुने गरेका छन्  । साथै व्यवसायिक कारोबारमा आउने अभिबृद्धिले देश विकासमा समेत उल्लेख्य योगदान रहेको पाइन्छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *