तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द प्रक्रिया शुरु

 

बैशाख ३१, काठमाडौं । १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु गरिएको छ । 

विश्वको सम्पदा सूचीमा सूचीकृत पशुपती क्षेत्रमा बीचबाट सडक बनार्ईएको भनि पशुपति क्षेत्रलाई विश्व सम्पदा सूचीबाट हटाउने युनेस्कोले बारम्बार चेतावनी समेत दिदैँ आईरकेको थियो । 

null

कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए अनुसार फोहर बोकेका गाडीले यो सडक हुँदै राति पशुपति क्षेत्र जाँदा ‘डम्पिङ साइट’ मा जान खोजेकोले धार्मिक क्षेत्रको अस्तित्व धरापमा पर्नुको साथै फोहरले गर्दा पक्षीको हुल आउने हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइजहाज दुर्घटना समेत हुन सक्ने सम्भावना रहेको छ । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस सडकलाई बन्द गर्न सर्वोच्च अदालतले पनि आदेश दिंदा पशुपति क्षेत्र विकास कोषलाई बारम्बार सम्पर्क गर्दापनी अटेर हुँदा सडक बन्द गर्न बोलपत्र आह्वान गरि सकिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकाल बताउँछन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *