कोरोनाको उच्च जोखिम रहेका ५ मुलकका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

फागुन १९, काठमाडौं । कोरोना भाइरसको महामारि फैलिएपछि नेपालले पनि सतर्कता अपनाउन थालेको छ । नेपालले यसको सुरुवात विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेर गरेको छ ।   

आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् । 

अनअराइभल भिसा नपाउने देशमा दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका रहेको गृहमन्त्रालय श्रोतले जनाएको छ ।   

अध्यागमन विभाग अन्तर्गत ९ वटा प्रवेश तथा प्रस्थान विन्दुबाट नेपाल आइसकेपछि अनअराइभल भिसा प्राप्त गर्न सकिने सुविधा रहेको छ । हवाई मार्गबाट आउनेहरुका लागि त्रिभुवन विमानस्थलमा आवश्यक व्यवस्था मिलाइएको छ । अनअराइभल जारी हुने सबै भिसा ‘पर्यटक भिसा’ हुन् । 

अनअराइभल भिसा रोकिएपनि ति मुलुकका नागरिक नेपाल आउनै भने रोकिएको होइन् । उनीहरुले सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिक नियोगबाट मात्रै भिसा पाउने छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *