नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने जिम्मा पौडेल र थापालाई

कात्तिक, ८  काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विहिबार सचिवालय बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेका छन । दुई सदस्य दलले नेकपाको प्रदेश कमिटीको पुर्णता साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ । 

बैठकपछि महासचिव पौडेलले भने प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी सचिवालय सदस्य रामबहादुर थापा र मलाई जिम्मेवारी दिइएको छ ।’ 

नेकपाले असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ । त्यस्तै सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने जिम्मा पनि उक्त कार्यदललाई नै दिएको महासचिव पौडेलले बताए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *