वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी हुँदैछ : अर्थमन्त्री डा. खतिवडा

माघ १५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको बताएका छन् । 

स्वीस इभेन्ट फण्ड फर इमर्जिङ मार्केटका अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्वको टोलीले अर्थमन्त्रालयमा मन्त्री खतिवडासँगको भेटवार्तामा उनले सो कुरा बताएका हुन् ।   

मन्त्री खतिवडाले नेपाल विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमासमेत जानकारी गराए ।   

null

उनले प्रत्यक्ष वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधन गर्ने विषयमा छलफल अगाडि बढाएको बताउँदै विभिन्न देशसँग दोहोरो करमुक्त सम्झौताको प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।   

यस्तै, उनले च्यालेन्ज फण्डको सुरुवात गर्ने गरी कानुन निर्माण गरिएको र विद्यमान कानुनको परिमार्जन गर्न लागेको जानकारी गराएका छन् ।   

उनले रोजगारी सिर्जना अहिलेको आवश्यकता रहेको पनि स्पष्ट पारे ।   

भेटमा फ्राइडेन नेतृत्वको टोलीले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गरेका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *