चक्रवात ‘फानी’को असर नेपालमा पर्ने छैन

वैशाख १५, काठमाडौं । बंगालको खाडीबाट दक्षिण पूर्वी एसियामा विकसित हुँदै गईरहेको चक्रवात ‘फानी’ को असर नेपालमा नभएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएका छन् । 

 

यो चक्रवात ‘फानी’ बिस्तारै उत्तर–पश्चिमका साथै दक्षिण दिशातर्फ गईरहेको जनाइएको छ । विभागका अनुसार आउँदो बिहीबार–शुक्रबारदेखि यसको प्रभाव बिस्तारै उत्तर पूर्वतिर सर्ने देखिएको छ । यद्यपि, चक्रवातको खासै प्रभाव भने नेपालमा हुनेछैन । 

null

विभागका अनुसार चक्रवात ‘फानी’ को थप वस्तुस्थिति तथा सूचना सार्वजनिक गर्ने जनाएको छ । 

भारतको केरला लगायता धेरै स्थानको तटीय क्षेत्रमा यस आँधीको कारण असर पर्ने देखिएको छ, भने बंगलाको खाडीबाट आउने जलवाष्पका कारण नेपालको मौसममा फेरबदल हुने तथा वर्षा हुने हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *