स्कुटर दुर्घटनामा एककाे मृत्यु एक घाइते

फागुन २१, काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । 

आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौँका २२ वर्षीय सुजन श्रेष्ठको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार काभ्रेका २१ वर्षीय दीपेन्द्र मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *