कैलालीको बर्दगोरीयामा संचालन हुने जे.टी.कप क्रिकेट प्रतियोगीताको तयारी पुरा

सुखड, कार्तिक ३० । कैलालीको बर्दगोरीया गाउपालिकामा मंसिर १ गते देखी संचालन हुने अक्स ब्रिज पब्लिकेशन जे.टी.कप क्रिकेट प्रतियोगीता २०७५ को तयारी पुरा भएको छ । 

आयोजक संस्था जगत तारा ईङ्गलिस बोर्डिङ्ग स्कुल सडकपुर बौनियाका प्रिन्सिपल तथा प्रतियोगीताका सह–संयोजक मनोज कुमार पन्तले सबै भन्दा ठुलो काम पिच रहेकोमा त्यो काम पनी सकिएकाले तयारी पुरा भएको बताएका छन । 

सुरुवाती चरणमा केही गारो अवस्था सृजना भएपनी पछिल्लो समय क्रिकेट खेल तर्फ सबैको ध्यान केन्द्रीत हुन थालेको भन्दै संस्थागत विद्यालयहरुले मात्र सहभागिता जनाउने यस प्रतियोगीतामा पछिल्लो समय सरकारी विद्यायलको सहभागिता समेत बढेको उनको भनाई छ । यस क्षेत्रका स्थानियहरुले क्रिकेट खेललाई अझै राम्रो सँग बुझ्न नसक्नु, चासो राख्ने र खेलाडी बन्न चाहाने बालबालिकालाई अभिभावकहरुले सर्पोट नगर्नु जस्ता कारणले प्रतियोगिता संचालन गर्न केही कठिनाई भएको छ । तर प्रतियोगीताका प्रवक्ता राजेन्द्र रावल भने सबैलाई बुझाउँने र नयाँ खेलाडी उत्पादन गर्ने प्रमुख लक्ष्यकासाथ प्रतियोगिता संचालन गरीरहेको र यसको प्रचार प्रसार तिब्र पारिएको बताए । पहिले अर्को बिद्यायलमा अध्यन गरीरहेका जगत तारा ईङ्गलिस बोर्डीङ्ग स्कुलका क्रिकेट टिम कप्तान ब्रिजेश ढुंगानाले अन्य बिद्यालयले खेलकुदलाई खासै महत्व नदिने भएकाले क्रिकेट खेलकै लागी बिद्यालय परिवर्तन गरेर जगत तारामा आएको बताएका छन । 

null

जे.टी. कप क्रिकेट प्रतियोगिताको यो भने चौथो संस्करण हो । आयोजक संस्थाले २०७२ साल देखी हरेक वर्ष यो प्रतियोगिता संचालन गर्दै आईरहेको छ । चौथो संस्करणमा हाल सम्म १७ टिम दर्ता भईसकेको र करिब २० टिमको सहभागिता हुन सक्ने आकलन गरीएको छ । 

यस संस्करणको प्रथम पुरस्कार राशी ६१ हजार १ सय ११ नगत, मेडल र प्रमाण पत्र हरेको छ । यही मंसिर १ गतेबाट बर्दगोरीया गाउँपालिका वडा नं. ४ मा रहेको मुडा बजारको खेल मैदानमा प्रतियोगीता संचालन हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *