प्रधानमन्त्री ज्यू ! गाडी कुदाउने सडकमा धान किन नरोप्ने ?


असार साउनको मध्ये वर्षाले राजधानीलाई हिलाम्मे बनाएको छ । मेलम्ची खानेपानी आयोजनाले पानीको पाइप विछ्याउन खनेका ठूल्ठूला खाडलमा सवारी साधनदेखि मानिस सम्म डुवेर मृत्यू समेत भएको छ ।
केहि वर्ष अघि भक्तपूरका केहि किसानले सडक हिलाम्मे भएको भन्दै सडकमै धान रोपेका थिए । अहिले राजधानीका अधिकांश सडक हिलाम्मे मात्र भएका छैनन् । साच्चिकै धान रोप्ने हो भने, भदौसम्म एक हातमाथी आउने छन् ।


पानी पर्दा हिलो र घाम लाग्दा धूलोले हैरानी व्यहोर्दै आएका वालिङ नगरपालिका–८ का स्थानीयवासीहरु निरन्तर परिरहेको वर्षात्तका कारण सिद्धार्थ राजमार्ग हिलाम्मे भएपछि राजमार्गमा धान रोपाइँ नै गरे ।


मेचम्ची खानेपानी आयोजनाले सुस्त गतीमा काम गर्दा जनताले सास्ती खेपेका छन् । गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्टाखुल्डी भर्न निर्देशन दिएपनि कार्यान्वयन हुन सकिरहेको छैन ।

सडकमा गुड्ने गाडीले उछिट्याएको हिलो र धुलोले आसपासका पसल, घर अनि यात्रुलाई समेत असर पुर्‍याउने गरेको छ । मेलम्ची खानेपानी आयोजनाले बाटो खनेको छ, तर मर्मततिर खासै ध्यान दिएको छैन ।
हेरौं राजधानीका धान राप्न मिल्ले केहि सडकका नमुनाहरुः

तस्विरः फेसवुक, ट्विटर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *