राष्ट्रपतिले ३४२ लाई मानपदवी र विभूषणले सम्मान गर्ने (नामावली सहित)

चैत्र ३०, काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले गत असोज ३ गते घोषणा गरेको मानपदवी र विभुषण आइतबार प्रदान गर्ने भएको छ । नयाँ वर्षको अवसरमा विभिन्न क्षेत्रका ३४२ जनालाई मानपदवी र विभूषणले सम्मान गर्न लागिएको बताइएको छ ।गृहमन्त्रालयका अनुसार भोली आइतबार राष्ट्रपति कार्यालयमा एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले यी मानपदवी प्रदान गर्ने कार्यक्रम रहेको छ । 

सरकारले कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्दैछ । भने, राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीलाई महाउज्ववल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गरिने भएको छ । राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङ्गलाई पनि उक्त पदक मरणोपरान्त प्रदान गरिदैछ । 

पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम) र साहित्यकार झमककुमारी घिमिरेलाई किर्तिमय राष्ट्रदीप प्रदान गरिनेछ । 

null

इतिहासकार /समाजशाष्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङलाई उज्ववल कीर्तिमय राष्ट्रदीप द्वितिय प्रदान गरिँदैछ । यस वर्ष सुकीर्तिमय राष्ट्रदीप तृतिय श्रेणी तीन जनालाई प्रदान गर्दैछ । 

सरकारले यस वर्ष प्रवल जनसेवा श्री पदवी १६० जनालाई, ७४ जना जसेवाश्री (पञ्चम श्रेणी), ६२ जनालाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गर्दैछ । 

गृह मन्त्रालयले सूचना जारी गर्दै नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मान सम्मान पाउनेहरुको नामावली सार्वजनिक गरिसकेको छ । 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *