बाबुआमाको जीवन रहेसम्म सन्तानले सम्पत्तिमा हकदाबी गर्न नपाउने व्यवस्था गर्न माग

 

साउन १४, काठमाडौं । सांसदहरुले बाबुआमाको जीवन रहेसम्म सन्तानले उनीहरुको सम्पत्तिमाथि हक दाबी गर्न नपाउने कानुनी व्यवस्था गर्न माग गरेका छन् । 

मंगलबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिक सम्बन्धी ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा सत्तारुढ नेकपाकी सांसद विन्दा पाण्डेले बाबुआमाको जीवन रहेसम्मम सम्पतिमाथि हक दाबी गर्न नपाउने कानुनी व्यवस्था गर्न माग गरेका हुन् । 

null

बैठकमा सांसद पाण्डेले सन्तानले हकदाबी गरेर बाबुआमाको सम्पत्ति लिने प्रचलित कानुनी व्यवस्था तत्काल हटाउनुपर्ने माग राखिन् । 

उनले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पारिश्रमिकको १० प्रतिशत आफ्ना बुबाआमाको बैंक खातामा जम्मा गरिदिने प्रावधान सबैमा लागू नहुने भएकाले त्यसलाई पनि सो विधेयकबाट हटाउन सरकारलाई सचेत गराइन् । 

त्यस्तै सांसद नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले गरिब ज्येष्ठ नागरिकको सम्पूर्ण जिम्मा लिने गरी सरकारले सबै स्थानीय तहमा अनिवार्य रुपमा ‘वद्धवृद्धा सेवा केन्द्र’ स्थापना गर्नुपर्ने तथा उनीहरुको उपचार त्यहीँबाट हुने कानुन बनाउनुपर्ने प्रस्ताव अघि सारे । 

नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी सरकारले नै लिने व्यवस्था गर्नुपर्ने बताए । उनले ज्येष्ठ नागरिकहरुको आवाज सुनुवाईका लागि सबै संस्थाहरुमा उनीहरुको अनिवार्य प्रतिनिधित्व हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *