संविधान संसोधन गरे मात्र देश एकताबद्ध हुन्छ: मन्त्री साह

काठमाडौं, साउन ७ । सहरी विकास मन्त्री प्रभु साहले संविधान संशोधन गरेर मात्र देश एकताबद्ध हुने बताउनुभएको छ । आज राजधानीमा भएको एक कार्यक्रममा मन्त्री साहले संविधान सर्वस्वीकार्य नभइसकेकाले संशोधनको विकल्प नभएको टिप्पणी गर्नुभयो ।

हिजोसम्म संविधान जलाउनेहरु पनि विस्तारै यसको पक्षमा आउन थालेको भन्दै उहाँले संविधानमा रहेका केही त्रुटि सच्चाउन सके मुलुक समृद्धिको बाटोमा लाग्न सहज हुने बताउनुभयो । उहाँले ठेक्का र टेन्डर समयमै नहुँदा सहरी क्षेत्रको विकास सुस्तरुपले चलिरहेको समेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *