साउथह्यामटनसँग चेल्सीको बराबरी

एजेन्सी। लण्डन क्लब चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा घरेलु मैदानमा बराबरी खेल्दै अंक बाँडेको छ। बुधबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको साउथह्याम्टनसंग गोल रहित बराबरी खेलेको हो। 

अंक बाँड्न परेपछि चेल्सी प्रशिक्षक माउरिजियो सर्रीले लण्डन क्लबलाई स्ट्राईकरको खाँचो रहेको औल्याए। ७२ प्रतिशत खेल नियन्त्रणमा राखेपनि चेल्सीले गोल गर्न भने सकेन। पछिल्ला ११ खेलमा साउथह्याम्टनले पहिलो पटक अंक जोड्न सफल भयो । तरपनि तालिकाको पुछारदेखि तेस्रो स्थानमा छ। 

ईडेन हजार्ड र अल्भारो मोराटाले गोलका सुन्दर अवसर गुमाएका थिए। चोटका कारण ओलिभर जिराउडले घरेलु मैदानमा भएको खेलमा अनुपस्थित थिए।  

null

चेल्सी २१ खेलबाट ४४ अक जोड्दै तालिकाको चौथो स्थानमा यथावत छ। उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग अंक दुरी घटाउने मौका गुमाएको छ। साउडह्याम्पटन १६ अंक सहित रेलिगेशन जोनमा छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *