नेपाललाई झड्का, ज्ञानेन्द्र र दिपेन्द्र पनि आउट
मकालु खबर
२०७५ माघ २० गते
माघ २०, काठमाडौं । युएई विरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र युएईका जाहोर खानको बलमा ११ रन बनाएर आउट भए ।
त्यस्तै नेपालले तेस्रो विकेट पनि गुमाएको छ । नेपालले तेस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐेरिलाई गुमाएको हो । दिपेन्द्र २ रन बनाएर आउट भए ।
null
४ ओभर सकिदा नेपालले ३ विकेट गुमाएर ३१ रन बनाएको छ ।
यसअघि नेपालले पहिलो विकेटको रुपमा ओपनर पवन सराफलाई गुमाइसकेको छ । पवन युएईका कप्तान मोहमद नाभिदको बलमा डक आउट भए ।
मकालु खबर
२०७५ माघ २० गते
प्रतिक्रिया
सम्बन्धित