मन्दिरमा अनौठो सर्प फेला परेपछि हेर्न आउनेको घुईचो !
मकालु खबर
२०७४ जेठ १५ गते
दाङ, पुस २४ । भालुवाङ्ग प्यूठान रोल्पा सडक खण्डको लालमटिया—३ बगासोतीमा रहेको बगासोती अर्थात् शिव मन्दिरमा केहि दिन पहिले फेला परेको नाग हेर्न आउनेको भिड बढ्न थालेको छ । गत फागुन ५ गते शिवरात्रीका दिन एकाएक करिब बिहान ८ बजे मन्दिर छेउमा नाग फेला परेको थियो ।
उक्त नागलाई मन्दिरका पुजारीले पहिले त डराएर लठ्ठीकोट्याए तर सर्प टसमस पनि नगरे पछि उक्त सर्पलाई पुजारीले शिवको मन्दिरमा ल्याएर राखेका थिए ।
करिब १ मिटर लामो र कालो खैरो रङ्गको रहेको उक्त सर्प अहिले सम्म पनि मन्दिरमा नै बसी रहेको देख्दा सर्प हेर्न जाने जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । सर्पलाई सबैले नजिकैबाट पुजा आजा गर्दा र छुँदा समेत कसैलाई पनि नडस्ने र दुध खाई मन्दिरमै बसी रहेको देख्न सकिन्छ ।
नागले साँझ र विहान गाईको दुध पिई मन्दिरमै बस्ने गरेको मन्दिरका पुजारी आनाराम पण्डितले जानकारी दिए । यो मन्दिरको पुजारी भएको आज करिब १५–२० वर्ष भयो, उमेरले पनि म ७० वर्षको भई सकेँ तर यस्तो अच्चमको नाग देखेको थिएन पण्डितले बताए ।
मान्छेलाई देख्दो छुँदा समेत केहि नगर्ने र दिन रात मन्दिरमै बसीरहने यस्तो अच्चमको सर्प जीवनमा पहिलो पटक देखेँ । पक्कै पनि यो कुनै दैव अवतार होला उनले भने । मैले सपनाहरुमा त नागको दर्शन पाउथेँ तर आज साक्षात् रुपमै नागदेवताको दर्शन पाएँ । उनले हर्षित मुद्रामा भने अब त स्वर्ग जान पाउने भएँ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित