गणतन्त्र दिवसमा स्वास्थ्य शिविर र पुरस्कार वितरण

 

जेष्ठ १५, चितवन । रत्ननगर नगरपालिका १६ नम्वर वडा कार्यालयले गणतन्त्र दिवसको अवसरमा महिला तथा वालवालिका लक्षित निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

वडा कार्यालय र पिठुवा स्वास्थ्य चौकीले गुन्जमान सिंह अस्पतालको प्राविधिक सहयोगमा बुधवार स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय ७० जनाले स्वास्थ्य सेवा लिएको वडा सचिव शंकर वहादुर गिरीले जानकारी दिए । 

null

शिविरमा निःशुल्क रुपमा भिडियो एक्सरे सेवा र निशुल्क औषधी समेत वितरण गरिएको थियो । फिजिसियन डाक्टरहरु सतिस कुमार शाह,सुन्दर कुँवर, रेडियोलोजिस्ट डा . प्रदिपकुमार शाह,महिला तथा स्त्री रोग विषेशज्ञ डाक्टर पुष्पा चौधरी लगायतको टोलीले महिलाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । 

गणतन्त्र दिवसकै अवसर पारेर आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई बुधवारनै पुरस्कृत गरिएको छ । सृजनशिल महिला विकास वचत तथा ऋण सहकारीको आयोजनामा भएको लोक संस्कृति जगर्ने कार्यक्रमको अवसरमा प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रत्ननगर १६ का वडाध्यक्ष हेमराज थापाले पुरस्कृत गरे । 

दिवसको अवसरमा पुरुष भलिवल प्रतियोगिता ,महिला म्युजिकल चियर, महिला पुरुष छुट्टा छुट्टै व्याडमिन्टन प्रतियोगिता, वादविवाद प्रतियोगिताका विजयीहरुलाई नगद, प्रमाणपत्र, मेडल र ट्रफीले पुरस्कृत गरिएको वडा सचिव शंकर गिरीले वताए । 

सिर्जनशिल महिला विकास वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष रिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भजन चुड्का,नृत्य,गायन समेत प्रस्तुती भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *