बिहेको मण्डपबाटै पूर्वप्रेमीसँग बेहुली भागेपछी…
फागुन २१ । तय भएका विवाह तोडिएका कैयौं घटनाहरु हामीले देखेका छौं । विभिन्न कारणहरुले बिहे तोडिएका घ’टनाहरु भइरहन्छन् । यस्तैमा भारतको तेलंगनामा एउटा निकै रोचक घटना भएको छ ।
यहाँ बिहे चलिरहेका बेला मण्डपमा बसेकी बेहुलीले आफ्ना पूर्वप्रेमीलाई देखेपछि बिहे गर्न अस्वीकार गर्दै मण्डल छाडेर हिँडेकी छिन् । आजतकको समाचार अनुसार घ’टना तेलंगनाको वानापार्टी जिल्लाको चारलापल्ली गाउँको हो । बेहुली विवाहको मण्डपमा बसेकी थिइन् । विवाहको कार्यक्रम चलिरहेको थियो । जब बेहुलाले मंगलसूत्र लगाइदिनै थालेका थिए त्यही बेला बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेहुलीले आफ्नो बिहे कार्यक्रम चलिरहेका बेहुलासँग बिहे गर्न नचाहेको बताइन् ।
जानकारीका अनुसार बिहे चलिरहेका बेला बेहुलीले आफ्ना पूर्वप्रेमी पनि त्यहाँ आएको देखेकी थिइन् । त्यसपछि बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बिहेमा आएका आफन्तले उनलाई आवेशमा फैसला नगर्न भने तर बेहुली आफ्नो फैसलाबाट पछि हटिनन् ।
आफन्तहरुको दबाब देखेपछि बेहुली मण्डपबाटै उठेर हिँडिन् ।बेहुलीका परिवारका अनुसार उनका पूर्वप्रेमी विवाहस्थलमा देखिएका थिए जसलाई देखेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी थिइन् । केही मानिसहरुका अनुसार परिवारले उनलाई समात्न प्रयास गरेका थिए तर उनीहरु सफल हुन सकेनन् । परिवारले बेहुलीका प्रेमीलाई विवाह तोडिदिएको आरोप लगाएका छन् । एजेन्सी