सीपी गजुरेलले भने, अब श्री ५ केपी ओली लेख्न मात्रै बाँकी छ

मंसिर १५, काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई श्री ५ को संज्ञा दिएका छन् । 

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्षसमेत रहेका गजुरेलले शनिबार बुटवलमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री ओलीलाई तानाशाही भएको भन्दै श्री ५ को संज्ञा दिएका हुन् । 

उनले प्रतिपक्ष दल नेपाली काँग्रेस कमजो बन्दा प्रधानमन्त्रीमा तानाशाही प्रवृत्ति मौलाउँदै गएको आरोप लगाए । उनले भने ‘प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस कमजोर छ। ओली तानाशाहीका अगाडि कांग्रेस रुझेको बिरालो जस्तै भयो।’ 

null

९ महिनामा केपी ओली सरकारले नै देशमा राष्ट्रिय स्वाधिनताको उपहास गरेको उनको आरोप छ । गजुरेलले अब श्री ५ केपी ओली सरकार लेख्न मात्रै बाँकी रहेको धारणा व्यक्त गरे । 

सरकार मनपरी ढंगले अगाडि बढे पनि संवैधानिक हिसाबले यसको विकल्प नभएका कारण दुई तिहाइ बहुमत देशका लागि अभिशाप बनेको बताए। 

यही सरकार निरन्तरता रहे देशमा विकास र समृद्धि नआउने भन्दै सरकार विरुद्ध आन्दोलनको आँधी सिर्जना गर्न समेत आग्रह गरे। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *