नारायणगढ–मुग्लिन सडकखन्डमा ठूलो पहिरो, यातायात अवरुद्ध

चितवन, साउन ७ । नारायणगढ–मुग्लिन सडकखन्डको कालीखोला र चेपाङडाँडाको बीचमा शनिबार अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार मुग्लिनबाट २।३ किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो । पहिरोले ३० मिटरजति सडक ढाकेको खनालले बताए ।

अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उनले बताए । सोही ठाउँमा गत महिना पहिरो खस्दा ३४ घन्टा सडक अवरुद्ध भएको थियो ।

सोही सडकको जलवीरेमा शनिबार बिहान पहिरो खस्दा तीन घन्टा सडक अवरुद्ध भएको थियो । सो सडकमा रातको समयमा आवागमन रोकिँदै आएको छ ।

सडकको स्तरोन्नतिकाक्रममा भित्तो काटिएका ठाउँमा पटक–पटक पहिरो खसेपछि यो सडक हुँदै आवत–जावत गर्ने यात्रीले दुःख पाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *