निर्मला हत्या प्रकरणमा १६ दिन जेल बसेका चौधरीले दिए प्रहरीविरुद्ध जाहेरी

 

असार ५, कञ्चनपुर । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा जेल बसेका विशाल चौधरीले बिहीबार (आज) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका छन् । 

निर्मला प्रकरणमा १६ दिन हिरासतमा बसेका चौधरीले हिरासतमा रहँदा आफूलाई यातना दिएको भन्दै तत्कालीन डिएसपी कृष्णराज ओझा र सालघारी बिटका इन्चार्ज असई राम सिंह धामीविरुद्ध जाहेरी दिएका हुन्। 

null

प्रहरीले भने जाहेरी लिन मानिरहेको छैन । 

यातना दिएर अपराध स्वीकार गर्न लगाएको चौधरी र उनको परिवारको दाबी छ । 

कञ्चनपुरमा पक्राउ परेका उनलाई अनुसन्धान र डिएनए परीक्षणका लागि भन्दै काठमाडौं ल्याइएको थियो। चौधरीसँगै प्रदीप रावल पनि पक्राउ परेका थिए। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न भएको आशंकामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका विशाललाई नियन्त्रणमा लिएको थियो । चौधरीको डीएनए परीक्षणसमेत गरिएको थियो । डीएनए नमिलेपछि उनी रिहा भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *