त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि भेटियो सुन, तीन जना पक्राउ

कात्तिक २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित तीन जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बझाङ बुङगल नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश बोहोरासहित अन्य ३ जना रहेको प्रहरीले जनाएको छ । 

भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्रीसहित बुधबार दिउँसो ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *