इटहरी उद्योग वाणिज्य संघमा पौडेल समुहको प्यानलै विजयी

 

असार १६, इटहरी । इटहरी उद्योग बाणिज्य संघको नेतृत्वमा नेपाली कांग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन । आइतबार सम्पन्न निर्वाचनमा आफ्ना एक मात्र प्रतिद्वन्द्वी शैलेश कुमार विस्टलाई ११२६ मतले हराउँदै पौडेल विजयी भए । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरे भने, प्रतिद्वन्द्वी विष्टले १७७८ मत मात्र प्राप्त गरे ।संघको निर्वाचनमा पौडेल समुहको प्यानलै विजयी भएको छ । साधरणसभावाट पौडेल र विष्ट प्यानल खडा गरेर चुनावमा होमिएका थिए । 

आईतबार राती आएको परिणाम अनुसार पौडेल समूहतर्फ विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा (काका) २४९७, जीवन पराजुली २४६३, पीताम्बर पोखरेल २२९६ मत हासिल गरेर विजयी भए । यस्तै नवराज काफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२,अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी भएका छन् । निर्वाचनमा बिष्ट समूहका कमल पौडेल १७४६, टंकप्रसाद खनाल १६८९, देवराज मादेन १६६९, माधव न्यौपाने १५२१, फडिन्द्र मगर १५१५, लक्ष्मी धिताल १५०३, रितेश श्रेष्ठ १४०६, भोलाप्रसाद निरौला १३७२ र राजेश खनालले १३४४ मत प्राप्त गरेका थिए । 

null

 

उद्योग तर्फ पनि भिम पौडेल समूहको प्यानल नै बिजयी भएको छ । पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७ मत ल्याउँदा मुक्ती दाहाल २९९, बिष्णु नारायण डागीँ ३०५, लक्ष्मण हुमागाईं ३०५ मत प्राप्त गरी बिजयी भए । उनीहरुका प्रतिद्वन्द्वी विष्ट समूहका राजेन्द्र केसरी घिमिरेले २५५, राजन भेटबाल २३२, बज्र लिम्बु २२४ र किशन खेडियाले १९३ मत प्राप्त गरेका छन् । 

यता महिला सदस्यतर्फ पौडेल समुहका गायत्री भण्डारीले २७२२ मत ल्याउँदा पौडेल समुहकै शोभा कोईरालाले २६१९ मत पाएर विजयी भए । विष्ट समुहका रञ्जु सिग्देलले १९९३ र पुनम थापा मगरले १६३३ मत मात्र हासिल गर्दै पराजित भएका थिए । बस्तुगत तर्फ बलराम भण्डारी ९ मत लिएर विजयी भएका छन । विष्ट समुहका उमानाथ दाहाल र पौडेल समुहका महेन्द्र रेग्मीको समान ८÷८ मत आए पछि बराबरी भयो भने सुरेश कार्कीले ९ मत प्राप्त गरेका थिए । 

निर्वाचनमा प्यानलै विजयी भएपछि भीम पौडेलले अब इटहरीलाई स्मार्ट सिटी निर्माण गर्न र उद्योगी ब्यवसायीको हक अधिकार सुनिश्चित गर्न आफ्नो सहभागिता रहने बताएका छन् । 

धनकुटाको मारेकटहरेबाट व्यापार गर्न इटहरी आइपुगेका भीम बहादुर पौडेल दुई दशकभन्दा बढी समयदेखि व्यवसायिक कर्ममा क्रियाशिल छन् । २१ वर्षको उमेरमा बसन्तपुरमा साझेदारीमा नुनको ब्यापार थालेका भीम पौडेल २०५६ सालदेखि इटहरीलाई केन्द्र बनाएर व्यवसायिक कर्ममा लागिपरेका छन् । केही समय सरकारी जागीर खाएको पैसा र केही ऋण सहित १० हजार रुपैया लगानी गरेर व्यवसाय सुरु गरेका उनी अहिले पूर्वी नेपालमै गनिने उद्यमी भएका छन् । 

 

नुनको व्यापार सँगसँगै ढुवानी व्यवसाय गरेका भीम क्रसर र निर्माण व्यवसायबाट चम्किएका हुन् । उनी अहिले इटहरीमा ‘गरिमा’ नामको स्टार होटल बनाइरहेका छन् । उनकै लगानी र पहलमा तालतलैया नजिकै करिब ४० करोडको लागतमा नमुना वाटर पार्क बन्ने क्रममा छ । यसबाहेक उनी दर्जनौं व्यवसायमा वितरकका रूपमा स्थापित छन् । 

२० वर्षअघि नुनका बोरा ट्रकमा लोड–अनलोड गर्दै धरान–धनकुटा सडकमा ओहोरदोहोर गरेका भीम पौडेल व्यक्तित्वले होइन व्यवहारले, सम्पन्नताले पनि होइन संस्कारले निरन्तर उचाइतर्फ लम्किरहेका व्यवसायी हुन् । 

उद्यमी भीम पौडेल व्यवसायिक गतिविधि सँगै सामाजिक जागरण र उन्नयनको काममा पनि सहभागी भइरहेका हुन्छन् । पर्यटकीय स्थल भेडेटारमा सेल्फी खिच्ने शङ्ख पार्क बनाउन होस् वा धरानमा सुधार केन्द्र, मोरङको रमिते र लेटाङका धुलौटे–सडक कालोपत्रे बनाउने काम होस् अथवा त्यहाँका विद्यालय, कलेज र सामाजिक संघ–संस्थाका भवन निर्माणमा होस् उनको सहभागिता छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *