सुनसरी: जीप दुर्घटनामा ६ जनाको मृत्यु, ४ घाइते
मकालु खबर
२०७४ जेठ १५ गते
“
सुनसरी, असार १९ । कोशी गाउँपालिका–४ को कोशी कटानमा पर्ने पूर्व—पश्चिम राजमार्गमा भारतीय जीप दुर्घटनामा ६ जनाको मृत्यु भएकाे छ । ४ जना घाइते भएका छन् ।
मृत्गुयु हुनेमध्ये भारतको विहार राज्यको सुपौल जिल्ला लक्ष्मीणीया बस्ने ४० वर्षका संजीव कुमार र गोनु कुमारको मात्र परिचय खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमाेरियाले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बि आर ०६ पी बी ६४१८ नम्बरको स्कारपिओ जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित