कैलालीका सबै स्थानीय तहमा जनस्वास्थ्यकर्मी परिचालन

विष्णु जोशी, धनगढी ।  कैलाली जिल्लाका सबै १३ वटै स्थानीय तहमा जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीले स्वास्थ्यकर्मीहरूलाई पठाएको छ ।
संघीय संरचना अनुसार स्थानीय तहको निर्वाचन भइसकेकोले सबै गाउँपालिका तथा नगरपालिकामा स्वास्थ्यकर्मीहरू खटाइएको जनाईएको छ ।
स्वास्थ्य मन्त्रालयको निर्देशन र स्थानीय तहमा प्रशासनिक संगठन तथा व्यवस्थापन सम्बन्धी आदेश, २०७४ बमोजिम जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले मातहतका २७ जना स्वास्थ्यकर्मीलाई खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका प्रमुख, वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईले बताए ।
बरिष्ठ जनस्वास्थ्य प्रशासनक चापागाईंले गाउँपालिका र नगरपालिकामा दुई÷दुई जना र उपमहानगरपालिकामा तीन जना स्वास्थ्य कर्मचारी खटाइएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *