काठमाडौँमा सुतेर हेर्न मिल्ने हलको संचालनः उद्घाटनमा पुगे नेपालका टप सेलीब्रेटीहरु

असोज २, काठमाडौँ । नेपालमा पहिलो पटक बिहिबारबाट काठमाडौँको बाँनेश्वरमा सुतेर हेर्न मिल्ने ‘वान सिनेमाज्’ हल संचालनमा ल्याईएको छ ।   

आजै उद्घाटन गरी संचालनमा ल्याएको यस हलको उद्घाटन कार्यक्रममा नेपालका ठूल–ठूला सेलीब्रेटीले उपस्थिती जनाएका थिए ।   

हल उद्घाटन कार्यक्रमा नायिका स्वेता खड्का, रेखा थापा, सुष्मा कार्की, वर्षा राउत, जसिता गुरुङ, नायक संजोग कोइराला,  धिरज मगर  निर्देशक दीपाश्री निरौला लगायतको उपस्थित रहेको थियो । 

‘आई प्लेक्स मल’को पाँचौ तलामा  संचालनमा आएको यस हलमा २ पर्दा छन् । पहिलो पर्दामा २ सय ८ र दोश्रो पर्दामा २ सय ३ सिट क्षमता रहेको छ ।   

यस हललाई निर्माता प्रज्ज्वल शमशेर जवरा र उनको टिमले यो हल संचालनमा ल्याएका हुन् ।   

हलका संचालक जवरा  भने–‘हलको साउन्ड सिस्टम, पर्दा, आरामदायी सिट र यहाँको वातावरणले पनि दर्शकलाई चलचित्र हेर्न आकर्षित गर्छ भन्ने विश्वास लिएका छौ ।’ मल्टिप्लेक्समा विश्वमै आएका पछिल्ला प्रविधिहरुलाई प्रयोग गरिएको उनले बताए । दर्शकले टू डी र थ्री डी प्रविधिमा चलचित्र हेर्न पाउनेछन् । 

टू डी र थ्री डी प्रविधिको यस हलमा दर्शकले अगाडिको सिटमा सुतेरै चलचित्र हेर्न मिल्ने उनले बताएका छन् ।   

  

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *