विप्लवका धनकुटा–मोरङ सेक्रेटरी पक्राउ

 

साउन ९, विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरीलाई विहिबार प्रहरीले पक्राउ गरेको छ । 

केराबारी गाउँपालिका–३ बाट विहिबार प्रहरीले सो पार्टीका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो । 

null

सरकारले प्रतिबन्ध लगाएपछि फरार भएका राई स्थानीय एक घरमा लुकिछिपि बस्दै गरेकाे अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । 

बम विष्फोट, चन्दा आतंक, हतियार संकलन लगायतका धेरै घटनामा राईको संलग्नता देखिएपछि अनुसन्धान गर्ने काम भइरहको उनले बताए । मोरङ र धनकुटा बाहेक अन्य जिल्लामा विप्लव समूहले गराएका घटनामा राईको संलग्नता खुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *