माघीमा सार्वजनिक विदा दिन थारु समुदायको माग

पुष २७, काठमाडौं । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।   

काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए । 

‘थारुको सबैभन्दा ठुलो चाड एवं नयाँ वर्ष पनि हो । माघी ९माघ, तिलासंक्राईत, खिचरा, खिचरी० हरेक बर्ष मकर संक्रान्तिकै दिन पर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।’ उनले भने ।   

माघ १ गतेलाई नेपाल सरकारले वि।सं।२०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिदै आएकोमा गत बर्र्र्षबाट विदा कटौती गरेकोमा उनले आपत्ति प्रकट गरे । एक दिन दिइने बिदा समेत कटौती गर्दा सरकारले थारु समुदाय माथि उपहास गरेको महसूस भएको उनले बताए । 

थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिए ।   

‘राज्यले थारुमाथि टीकापुर घटनापछि झनै कुदृष्टिले हेर्दै आएको छ । सोझा थारुमाथि राजबन्दीको आरोप लगाउँदै जेलमा हालेको छ । माननीय रेशम चौधरीलाई माननीयको प्रमाणपत्र र सपथ खुवाएर आवाज थुनिएको छ ।’ उनले भने । उनले राज्यले एकै जनतालाई दुईवटा कानुन बनाएर कारबाही गर्दा थारुमाथि चरम विभेद भएको आरोप समेत लगाए ।   

थारु विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरुको व्यवस्थापन गरिएको जानकारी दिए ।   

कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए ।   

हालै काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली प्रतियोगिता ९साग० मा विजेता भएका थारु समूदायका खेलाडीहरुलाई पनि उक्त दिवसको दिन सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ ।   

‘थारु समुदायले माघी पर्वलाई ठाउँ अनुसार फरक फरक नामले समेत मनाउदै आएका छन् । पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरमा माघ भनेर मनाउने चलन छ भने मध्य तराई जिल्ला रुपन्देही, कपिलबस्तु र नवलपरासीमा खिचरी र चितवनमा खिचरा मनाउने गरिन्छ । त्यस्तै पुर्वमा तिलासंक्राईत नामले माघ १ गतेलाई थारु समुदायले हर्सोउल्लासका साथ मनाउँछन् ।’ जारी विज्ञप्तीमा भनिएको छ । 

पौष २९ र माघ १ गते टुँडिखेलमा मनाउने उक्त बर्षको माघी महोत्सवको तयारी पुरा भएको छ । जस अनुसार पौष २८ गते विहान तिनकुनेबाट भृकुटिमण्डपसम्म मोटरसाईकल र्याली, २९ गते रक्तदान, फूटवल प्रतियोगिता, जीतामार्ने र सांगीतिक कार्यक्रम रहेको छ ।   

माघ १ गते झाँकी ¥यालीप्रर्दशन थारु संस्कृति, भेष भूषा, बाजागाजा, संघ संस्थाको तूलब्यानर सहित बिहान १० बजे भृकुटीमण्डपबाट बृहतझाँकी ¥यालीप्रदर्शन गर्दै रत्नपार्क, सहिदगेट हुँदै काठमाडौं मल हुँदै टुँडीखेलमा आयोजना गरिएको मूल समारोहमा सरिक हुनेपनि आयोजकले जानकारी दिएको छ ।   

त्यस्तै महोत्सवमा थारु परिकारहरुको स्टल, भेषभुषा, कलासंस्कृति झल्किने विभिन्न समाग्रिको स्टल, थारु समुदायको ईतिहास बोकेका समाग्रीका साथै पुस्तक प्रदर्शनी समेत राखिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *