महोत्सवको वचत रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा

 

जेष्ठ १०, चितवन । चितवन उद्योग वाणिज्य संघले महोत्सवबाट वचत भएको रकम गौतम वुद्ध अर्न्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने भएको छ ।  

गत वर्ष पुषको अन्तिम साता चितवन महोत्सव आयोजना गरिएको थियो । सो महोत्सवबाट खर्च कटाएर वचत भएको मध्ये साँढे ५५ लाख रुपैया क्रिकेट रंगशाला निर्माणमा खर्च गर्ने घोषणा गरिएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

null

महोत्सवको आयव्यय सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक सहनलाल प्रधानले महोत्सवमा बचत भएको रकम मध्ये ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुर–१५ मा निर्माण गरिरहेको गौतम बुद्ध अर्न्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग गरिने वताए । 

संघले पुन रकम थप गरेर १ करोड रुपैँया सहयोग गर्ने अध्यक्ष प्रधानले प्रतिवद्धता जनाए । महोत्सवमा ३ करोड ४४ लाख ५४ हजार १ सय १७ रुपैयाँ आम्दानी र २ करोड ७६ लाख ५४ हजार ३ सय २५ रुपैयाँ खर्च भएको महोत्सवका मूल संयोजक प्रधानले जानकारी दिए । 

त्यस्तै गणेशधाम निर्माणका लागि गणेश मन्दिरलाई ५ लाख १७ हजार, राष्ट्रिय आधारभूत माविलाई १ लाख, नेपाल आदिवासी जनजाती महासंघलाई १ लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटारलाई ३ लाख ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनमा उद्यान निर्माणका लागि १ लाख, नेवाः पुच नारायणगढलाई ७५ हजार, नारायणी कला मन्दिरलाई ७५ हजार र जिल्ला प्रहरी कार्यालय, चितवनमा विश्रामस्थल निर्माण गर्न २ लाख रुपैयाँ सहयोग गरिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *