एन्टी बुलिङ चलाउँदै प्रहरी

वैशाख १३, काठमाडौं । स्कुल तथा कलेजमा हुने अनैतिक व्यवहार तथा दिकदारी रोक्न नेपाल प्रहरीले एन्टी बुलिङ नामक अभियान सुरु गरेको छ । 

 

हाल देशैभर सञ्चालित सामुदायिक प्रहरी साझेदारी अन्तर्गत शैक्षिक वातावरणमा घट्न सक्ने दुर्व्यवहार र हैरानी विरुद्धको साझा अभियान सुरु गरेको हो । भिडियो कन्फेरेन्सको माध्यमबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनकपुरबाट उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । 

null

महानिरीक्षक खनालले विद्यालय भित्र र बाहिरको समेत वातावरण सुरक्षित तुल्याउन प्रहरीले हर सम्भव मिहिनेत गरी बाँकी नराख्ने र यसका लागि बौद्धिक सर्कलसँग बसेर सहकार्य गरी योजनाबद्ध रूपमा लाग्ने प्रतिबद्धता जनाए । 

उक्त कार्यक्रम प्रहरीले वैशाख र जेठ भर सबै स्कुलमा पुगेर कार्यक्रम सञ्चालन जनाएको छ । प्रहरीका स्रोतका अनुसार अभियानका क्रममा विद्यालय, कलेज तथा क्याम्पसहरूमा जनचेतनामूलक सूचना टाँसिनेछ भने छलफलका प्रवचनहरू पनि हुनेछन् । छात्राहरू लक्षित यौन हिंसा तथा आपराधिक कुराको बारेमा पनि सचेतना जगाइने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *