आइसीसी टी–२० विश्वकप छनौटमा नेपाल च्याम्पियन

  

काठमाडौं । आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोट अन्तर्गत सिंगापुर विरुद्धको खेलमा नेपाल विजेता बनेको छ । सिंगापुरसँगको अन्तिम खेलमा वर्षाले प्रभाव पारेपछि नेट रनरेटका आधारमा नेपाल विजेता बनेको हो । 

छनौट अन्तर्गतको अन्तिम खेलमा विजेता बनेसँगै नेपाल अघिल्लो चरणमा प्रवेश गरेको छ । 

null

शुक्रबार सिंगापुरलले दिएको ८२ रनलाई पछ्याउने क्रममा नेपालले ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । लगातार पाँच खेल जितेको दुबै टिमको समान अंक भए पनि नेट रन रेटमा नेपाल निकै अगाडि छ । 

६ खेलबाट समान ११ अंक जोडेको सिंगापुर उपविजेता बनेको छ । ८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ बल मात्र खेल्दा पानी परेपछि खेल रोकिएको थियो । नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । अनिल साह रनको खाता नै नखोली आउट भएका हुन् । 

खेल रोकिँदा क्रिजमा कप्तान पारस खड्का र विनोद भण्डारी थिए । 

मलेसियाको क्वालालाम्पुरमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रन जोड्दा अलआउट भएको थियो । 

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले समान २ तथा वसन्त रेग्मी र ललितनारायण राजवंशीले १९१ विकेट लिए । 

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ तथा मनप्रित सिंह र सिद्धान्तले समान १० रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । 

प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । 

६ टोलीबीचको प्रतिस्पर्धाबाट दुई शीर्ष टोली अन्तिम चरणका लागि छनोट हुनेछन्। अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्। 

विश्वकप टी-ट्वान्टी सन् २०२० मा अष्ट्रेलियामा हुँदैछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *