देवघाटमा नुवाउने क्रममा डुवेर वृद्धको मृत्यु

चितवन, माघ २ । माघे संक्रान्ति मेलामा देवघाटस्थित त्रिशुली नदीमा नुहाउने क्रममा डुवेर सोमबार एक वृद्धको मृत्यु भएको छ ।

देवघाटमा रहेको झोलुङ्गे पुलमुनी नुहाउन लाग्दा चितवन रत्ननगर नगरपालिका वडा नं ३ का ७८ वर्षीय पदमनाथ अधिकारीको डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अधिकारीलाई नदीले बगाउँदै करिब ३०० मिटर तल त्रिशुली र कालीगण्डकीको दोभानमा पुर्याएपछि प्रहरीले उनको उद्धार गर्न सफल भएको थियो ।

गम्भिर अवस्थामा भरतपुर अस्पताल लैजाँदै गर्दा अधिकारीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *