मकवानपुरमा जीप र मोटरसाईकल आपसमा ठोक्किँदा एकको मृत्यु, एक घाइते

माघ ८, मकवानपुर । मकवानपुर जिल्लाको  नवलपुरमा मंगलबार राति जीप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, अर्का एक जना घाइते भएका छन् । 

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको जीप र विपरीत दिशाबाट जाँदै गरेको ना ४२ प ४९१४ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे होटौंडा उपमहानगरपालिका–११, नवलपुरमा  एक आपसमा ठोक्किएका हुन् ।   

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१९ का २१ वर्षीय सुनिल स्याङ्तान र पछाडि सवार मकवानपुर ज्यामिरेका १८ वर्षीय साजन भोलन घाइते भएका थिए । 

घाइते भएका चालक स्याङ्तानको उपचारको क्रममा हेटौंडा अस्पतालमा राति १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका साजनको भने चुरेहिल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

दुवै सवारी साधन र जीप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *