भारतले लगायो थप तीन देशको आवगमनमा प्रतिबन्ध

फागुन २८, काठमाडौं । भारतले थप तीन देशको आवगमनमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि भारतले थप तीन देशको आवगमनमा प्रतिबन्ध लगाएको हो ।   

कोरोना भाइरसबाट बच्‍न भन्दै भारतले युरोपियन देशहरु फ्रान्स, जर्मनी र स्पेनको आवगमनमा प्रतिबन्ध लगाएको छ । ती देशहरु पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको बताइएको छ । 

यसअघि कोरोना भाइरसको उदगम राष्ट्र चीनलाई फेब्रुअरी ५ मै आवगमन बन्द गरेको थियो भने इटाली, इरान, जापान र दक्षिण कोरियालाई मार्च ३ मा आवगमनमा प्रतिबन्ध लगाएको थियो । 

पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६१ पुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *