बेहुुली लिएर फर्किएको जिप दुुर्घटना, बेहुलाका आमा-बुवासहित ६ जनाको मृत्यु

दाङ । बस र जीप ठोक्किँदा दाङमा ६ जनाको ज्यान गएको छ । चितवनको गितानगरबाट बुहारी लिएर फर्किंदै गरेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षका मानबहादुर केसी, उहाँकी श्रीमती ४५ वर्षकी विमला खत्रीसहित अन्य ६ जनाको ज्यान गएको हो ।  

छोराको बिहे गरी दुलही लिएर फर्किंदै गरेका बेला उहाँहरु चढेको स्कर्पियो जीप र बस ठोकिएको हो । दुर्घटनामा ४९ वर्षका विश्वनाथ अधिकारी, ५ वर्षका प्रविण केसी, ३१ वर्षका दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ का ७८ वर्षका दत्तबहादुर खत्रीको पनि ज्यान गएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । 

चितवनको गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा जीपमा रहेका ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।  

null

दुर्घटनामा घाइते भएकी ४५ वर्षकी गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको कोहलपुर उपचार भैरहेको छ । दुलहा र दुलही भने अर्को जीपमा रहेको प्रहरीले जनाएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *