कीटाणु हटाउन गोकर्णेश्वरमा ‘क्लोरिन स्प्रे’

चैत १७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ । 

क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न सकिने भएकाले त्रासबाट नागरिकलाई बचाउन सकिने चिकित्सकको सल्लाहअनुसार नगरापालिकाका वडा नं ५, ६, ७ र ८ क्षेत्रमा छर्की सकिएको प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए । आज नगरपालिकाका वडा नं ९, ४, ३, २ र १ मा पनि क्लोरिन छर्कने कार्यक्रम रहेको पनि उनले बताए ।   

खाद्यान्न अभाव हुन नदिन १० हटलाइनको व्यवस्था गरी नगरपालिकाको वेबसाइटमा राखिनुका साथै सामाजिक सञ्जालबाट पनि सार्वजनिक गरिएको छ । जसका कारण अत्यावश्यक खाद्यान्नका लागि नगरवासीले चिन्ता लिनुनपर्ने गरी व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *