फेरि बढ्यो सुनको भाउ, हेर्नुस् आजको भाउ

फागुन ८, काठमाडौँ । बुधबार मात्र तोलमा ४ सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुन बिहिबार फेरि तोलामा ५ सय रुपैयाँ बद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार प्रतितोला ७७ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ७७ हजार ६ सय रुपैयाँमा  कारोबार भईरहेको छ ।   

त्यसैगरी बुधबार प्रतितोला ७६ हजार ८ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७७ हजार ३ सय रुपैयाँले कारोबार भईरहेको छ ।     

Image result for फेरि बढ्यो सुनको भाउ

बिहिबार चाँदीको भाउमा तोलामा १० रुपैयाँ बृद्धी भई प्रतितोला  ९ सय १५ रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *