६ लाख रुपैयाँ चोरेर झ्यालबाट भाग्दै गरेका कृतनलाई प्रहरीले समात्यो
मकालु खबर
२०७६ वैशाख १९ गते
बैशाख १८, काठमाडौं । प्रहरीले ६ लाख रुपैयाँ चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवकलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले मङ्गलबार साँझ धरान नगरपालिका घर भएका २३ वर्षीय कृतन राईलाई नियन्त्रणमा लिएको हो ।
null
राईले अनामनगरस्थित लाल बहादुर राईको घरको पहिलो तल्लामा रहेको सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयमा रहेको दराजबाट ६ लाख निकालेर भाग्दै गर्दा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनी यस भन्दा पहिला पनि चोरी मुद्दामा दुई वर्ष कैद भुक्तान गरी छुटेका थिए ।
मकालु खबर
२०७६ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित