पोल्याण्डविरुद्ध इटलीको कठिन जित

यूईएफए नेशन्स लिग ए अन्तर्गत इटलीले पोल्याण्डविरुद्ध १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको छ ।  

पोल्याण्डको राष्ट्रिय रंगशालामा पाहुना टोलीले खेल आफ्नो पक्षमा पारेको हो । घरेलु टोलीले खेलको अन्तिमसम्म इटलीलाई रोकेको थियो । तर, अन्तिम मिनेटमा क्रिष्टियानो बिराघीले केभिन लासांगाको पासलाई सदुपयोग गरी इटलीलाई महत्वपूर्ण तीन अंक दिलाए । 

 

null

जितसँगै लिग ए को समूह तीनमा रहेको इटलीले शीर्ष स्थानको पोर्चुगलमाथि दवाब कायमै राखेको छ । तीन खेलबाट इटलीको ४ र पोल्याण्डको १ अंक छ । २ खेल खेलेको पोर्चुगलको ६ अंक रहेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *