कोरोना रोकथमका लागि नेपाललाई विश्व बैङ्कको करिब साढे ३ अर्ब ऋण
मकालु खबर
२०७६ चैत २५ गते
२५ चैत, काठमाडौं । नेपाल सरकारलाई विश्व बैंकले ३ अर्ब ४८ करोड ऋण प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड १९) रोक थाम तथा नियन्त्रणका लागि विश्वबैंकले उक्त रकम बरारको ऋण प्रदान गरेको हो ।
मंगलबार अर्थमन्त्रालय र विश्व बैंकबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतामा अर्थसचिव शिशिर ढुंगाना र नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले हताक्षर गरेको जनाइएको छ ।
चैत्र १६ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको थियो ।
यो सहयोगले नेपाललाई कोरोना भाइरसकोजोखिमसँग लड्न सहायता पुग्ने विश्व बैंकका कन्ट्री म्यानेजर फारिस हदाद जेर्वोसले बताए ।
मकालु खबर
२०७६ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित