संसद बैठक सुरू, यी विषयमा हुँदैछ छलफल (LIVE)

 

बैशाख २९, काठमाडौं । संघीय संसदमा अहिले आर्थिक वर्ष २०७६/७७ को प्रिबजेटमाथि छलफल चलिरहेको छ । 

संसदको आजको बैठकमा बजेट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल भइरहेकाे । आज ११ बजेदेखि सुरू भएकाे बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेकाे आगामी आर्थिक बर्षको बार्षिक बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सुझाव तथा धारणा राख्ने संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

null

सरकारको नीति तथा कार्यक्रम बैशाख २४ गते नै बहुमतले पारित भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

हरेक वर्षको जेठ १५ गते सरकारले विनियोजन विधेयक संसद्मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिन अगावै प्रिबजेटबारे छलफल भइसक्नुपर्ने व्यवस्था छ । छलफल भाेलिसम्म चल्नेछ ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *