एकैदिन २५ सय सवारी चालकमाथि कारबाही

फागुन ५, काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ट्राफिक नियम उलंघन गर्ने २५ सयभन्दा बढी चालक कारबाहीमा परेका छन् । आइतबार एकै दिन ट्राफिक नियम उल्लङ्‌घन गर्ने २ हजार ५ सय ६५ चालक कारबाहीमा परेका हुन् ।   

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार फुटपाथमा पार्किङ गर्ने २ सय ३९, लेन मिचेर चलाउने १ सय ६३, मादक पदार्थ सेवन गरी चलाउने ८१, जेब्राक्रसमा  रोक्ने ४७, अनावश्यक अवस्थामा पनि हर्न बजाउने ६२ जनालाई कारबाही गरिएकोहो । 

आइतबार उपत्यकामा ३० वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा परी १ जनाको मृत्यु र ३० जना सामान्य घाइते भएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *