सानिमा बैंक लिमिटेड र युके एडको सक्षम बीच सम्झौता

भदौ ३०, काठमाडौं । सानिमा बैंक लिमिटेड र युकेएड सक्षमबीच कृषि कर्जा प्रबद्र्धन सम्झौता भएको छ ।   

आज (सोमबार) सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल स्थित एक कार्यक्रमका बीच सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल र सक्षमको तर्फबाट टिम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यससँग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ ।   

यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षमसँगको सहकार्यमा परिचालन गरिनेछ । यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत सञ्चालन गर्न लागिएको हो जुन नेपाल सरकार र युके सरकारको सम्झौता अनुरुप युकेएडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो । 

सानिमा बैंकका सातवटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेको बैंकले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *