रोनाल्डोको निर्णायक गोल, युभेन्टसले एसी मिलानलाई पराजित गर्दै सुपर कप उपाधि जित्यो

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेपछि युभेन्टसले एसी मिलानलाई १-० ले पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ । 

साउदी अरेबियामा भएको खेलमा रोनाल्डोले खेलको ६१ अौं मिनेटमा गरेको हेडर गोल नै युभेन्टसलाई उपाधि दिलाउन पर्याप्त रहयो । यसै सिजनको सुरुवातमा रियल म्याड्रिड छाडेर युभेन्टस अाएका रोनाल्डोले अाफ्नो उच्च फर्मलाई बुधबार पनि कायमै राखे ‌। उनले मिरालेम प्यानिचको पासमा गोल गर्दै युभेन्टसलाई उपाधिसम्म ल्याएका थिए । 

खेलको अन्तिम १५ मिनेट मिलान टोली १० खेलाडीमा समेटिएको थियो । फ्रान्क केसीले युभेका एम्रे च्यानमाथि ट्याकल गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए । पछिल्लो दुई सिजन फाइनलमा पराजित भएको युभेन्टसले बुधबार भने उपाधि जित्न सफल रह्यो । 

यससँगै युभेन्टसले सर्वाधिक ८ पटक जितेेको कीर्तिमान कायम गरेको छ । फाइनलमा पराजित एसी मिलानले पनि सात पटक उपाधि हात पारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *