प्रहरीको गोली लागेर विप्लवका कार्यकर्ताको मृत्यु

 

जेठ ८, काठमाडौं । प्रहरीको गोली लागी घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ । 

मंगलबार भोजपुरको एक जंगलमा प्रहरीले चलाएको गोली लागेर षडानन्द नगरपालिका–२ का तीर्थराज घिमिरे घाइते भएका थिए । उनको तिघ्रामा गोली लागेको थियो । विप्लव कार्यकर्ता घिमिरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

जंगलमा हतियारधारी विप्लव समूह रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उनीहरुले कम्मरको पेस्तोल निकालेर गोली हान्न खोज्दा जवाफी कारबाही गरिएको प्रहरीको भनाइ छ । 

प्रहरीले घिमिरेको साथबाट प्रहरीले एक थान पेस्तोल, पाँच राउन्ड गोली र अन्य विस्फोटक सामग्री बरामद गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *