प्रतिपक्षसँगकाे सहमतिपछि सुरू भयाे प्रतिनिधि सभा बैठक (LIVE)

 

साउन ८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संसद अवरुद्ध नगर्ने सहमति पछि प्रतिनिधि सभा बैठक आज (बुधबार) दिउँसो २ः३० बजेबाट पुनः सुचारु भएको छ । 

यसअघि विभिन्न मुद्दा उठाएर संसद बैठक अवरुद्ध पार्दै आएको कांग्रेसले बाढी, पहिरो र डुबान लगायतका जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने शर्तमा संसद अवरुद्ध नगर्ने सहमति गरेको हो । सहमतिपछि ८ गते बस्दै नबसी स्थगित भएको बैठक आजबाट सुचारु भएकाे हाे । 

null

सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो । उनीहरूसँगकाे छलफलमा सहमति जुटेपछि बैठक अघि बढाउने निर्णय भएकाे संसद सचिवालयले जनाएको छ  

देशभर आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेहरुको परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, बेपत्ता परिवारको खोजी, उद्धार र राहतमा आवश्यक अनुगमन र सहयोग गर्न सांसदहरुलाई आ–आफ्नो जिल्लामा जान समय दिनुपर्ने भएको भन्दै ८ गतेको बैठक स्थगित गरिएको थियो । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *