परराष्ट्रमन्त्रीले भने– कालापानीमा भारतले बलमिच्याइँ गर्‍यो, नक्सा सच्याउन कुटनीतिक पहल गछौँ

कार्तिक २४, काठमाडौं ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानी क्षेत्र आफ्ना नक्सामा समेटेको भन्दै सच्याउन आग्रह गर्ने बताएका छन् ।   

आइतबार सत्तारुढ नेकपा सम्बद्ध अनेरास्ववियूले बुझाएको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो सिमा फिर्ता ल्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने बताएका हुन् ।   

‘लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भूमि हो, हामीसँग प्रर्य‍‍ाप्त प्रमाण छन् । यति हुँदाहुँदै पनि भारतले कालापानीलाई आफ्नो सिमामा राखेर जुन एकपक्षीय नक्सा जारी गरेको छ, यो बलमिच्याईँ हो । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्नेछ,’ उनले भने ।   

उनले नेपाल–भारत सीमामा केही विवाद रहे पनि कालापानीको भूभाग आफ्नो नक्सामा राखेर भारतले गरेको गल्ती आफूहरुलाई स्वीकार्य नभएको पनि बताए।   

 नेपालको हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी भएको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर भारतले त्यसलाई सीमा भन्दै आएको बताए । यसमा नेपालको विरोध जारी रहेको उनको भनाइ छ ।   

अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङको नेतृत्वमा गएको विद्यार्थी नेताको टोलीले भारतीय नक्सा सच्याउन कूटनीतिक तबरबाट दबाब दिन आग्रह गरेका थिए।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *