प्युठानमा वामगठबन्धन : राजमोका उम्मेदवारलाई एमाले र माओवादीले सघाउने

कार्तिक १४, प्युठान । प्रतिनिधसभा निर्वाचनका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेकपा एमाले र माओवादी केन्द्रले सघाउने भएका छन् ।

प्युठानमा वाम गठबन्धनले राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेललाई साझा उम्मेदवार बनाएको छ । नेत्री पौडेल निवर्तमान सांसद समेत हुन् ।

राजमोले प्युठान र बागलुङमा एमाले र माओवादीसँग चुनावी तालमेल गरेको जनाएको छ । तालमेल अनुसार प्युठानको प्रतिनिधिसभामा राजमोका तर्फबाट नेत्री पौडेलले उम्मेदवारी दिनेछिन् भने दुईवटा क्षेत्र रहेको प्रदेश सभामा एमालेका तर्फबाट हरी रिजाल र माओवादी केन्द्रबाट कृष्णध्वज खड्काले उम्मेदवारी दिनेछन् ।

यस्तै दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा एमाले र माओवादी केन्द्रले एक एक सिट बाँडेका छन् भने प्रदेश सभाका लागि एमाले र माओवादीले एक एक सिट र राजमोले दुई क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

राजमोले बागलुङ र प्युठान बाहेक अन्य जिल्लामा भने कुनै दलसँग तालमेल नभएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *