अब फेसबुकमा डेलिभरी भएको सन्देश मेट्न सकिने

अब फेसबुकले थपेको नयाँ सुबिधाबाट हामीले सेन्ड भई सकेको मेसेज मेट्न सकिनेछ । कहिले काही हामीले कसैलाई पठाउन खोजेको सन्देश भुलबस अर्को व्यक्तिलाई सेन्ड हुन्छ । यस्तो बेला हामीले त्यो मेसेज डिलिट गर्न सकिन्दैन थियो । सो समस्याले धेरै प्रयोगकर्ता हैरान बनाएकाे थियाे । 

हामीले फेसबुका पठाएको मेसेज डिलिट गर्न सकिएपनि पठाइ सकेको मेसेज आफ्नो इनबक्समा मात्रै डिलिट हुने गर्दथ्यो तर अब फेसबुमा आएको आएको नयाँ सुबिधाले यो समस्या सावधान गरेको छ । अब भने अरुकोमा डेलिभरी भएको मेसेज पनि मेटन सकिने भएको छ । 

फेसबुकले आफुले पठाइएको मेसेज डिलिट गर्नका लागि १० मिनेटको समय तोकेको छ । यसको अर्थ के हो भने यदि युजरले कसैलाई भूलबस सन्देश पठाएको छ भने यो सन्देश डिलिट गर्नका लागि तपाईलाई दश मिनेटको समय ताेकेकाे हुनेछ । अनसेण्ड फिचरका माध्यमबाट प्रयोगकर्ताले च्याटसँगै पठाएका फोटो र भिडियो पनि डिलिट गर्न सक्नेछन् । 

null

कतिपय अवस्थामा पुराना मेसेज देखाएर महिला या पुरुषलाई ब्ल्याकमेल गर्ने समस्या धेरै बढेको थियो । अब यि समस्याबाट केही राहत मिल्नेछ । अब आफूले कुनै अरुलाई पठाएको मेसेज उसको इनबक्सबाट समेत मेटन सकिने छ । 

फेसबुकले अनसेण्ड गरेको मेसेजको कपी केही समयका लागि आफूसँग राख्नेछ । कतै यी मेसेज कसैलाई दुव्र्यवहार गर्न त होइनन भनेर चेक गर्न फेसबुकले केही समय यी मेसेज आफूसँग राख्ने भएको हो । 

यो फिचरलाई प्रयोग गर्न प्रयोगकर्तालाई आफूले पठाएको मेसेजमा ट्याप गरेर त्यसलाई केही समय होल्ड राख्नुपर्ने हुन्छ । त्यसपछि सबैका लागि हटाउनुस् भन्ने अप्समा क्लिक गरेर त्यो मेसेज हटाउन सकिन्छ । 

तर एकदम दुख लाग्दो कुरा के भने यो सुबिधा हाल नेपालमा भने आएको छैन । हाल बोलिभिया, पोल्याण्ड, कोलम्बिया र लिथुआनिया जस्ता देशमा यो फिचर दिइएको छ । तर छिट्टै यो फिचर नेपाललगायत विश्वभरी प्रदान गरिने विश्वास भने गर्न सकिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *